लागु पदार्थ दुर्ब्यसन विरुद्धको अभियान कोशी प्रदेशभरी लाने तयारी

सुनसरी । सुनसरी जिल्ला प्रहरी कार्यालय सुनसरीले ६ वर्षअघि सुरु गरेको लागु पदार्थ दुर्ब्यसन विरुद्धको अभियान कोशी प्रदेशभरी लाने तयारी भएको छ । विद्यालय तहका बालबालिकाहरु र युवाहरुलाई दुव्र्यसनमा फस्न नदिन र फसेकाहरुलाई समेत उद्धार तथा सचेतना फैलाउने उदेश्यका साथ सञ्चालित लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान जिल्लामा प्रभावकारी देखिएकाले कोशी प्रदेशभरी लाने तयारी भएको हो ।
लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान प्रदेशभरी लाने तयारी स्वरुप कोशी प्रदेश प्रहरी कार्यालयले सुनसरीकै अग्रजहरुसंग र अभियानमा आवद्ध भएकाहरुसंग छलफल गरेको छ सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुर्गा दाहालको उपस्थितिमा लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान (फ्यान) समितिसंग छलफल गर्ने क्रममा यो कार्यक्रमलाई प्रदेशभरी लाने तयारी भएको प्रहरी निरीक्षक सविना लिम्बुले जानकारी दिनुभयो ।
फ्यान जिल्ला कार्यसम्पादन समितिका पदाधिकारीहरु, सल्लाहाकार, विद्यालयका फोकल शिक्षकहरु, इनरुवा नगरपालिका स्थित विभिन्न सरकारी विधालयमा गठित क्लवका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रमको कार्यविधी तथा गतिविधीहरुको बारेमा अन्तक्र्रियात्मक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न गर्दै लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानलाई के कसरी ? प्रदेशभरी लान सक्ने त्यसको कार्यविभाजन र समितिको भुमिकाका बारेमा छलफल गर्दैै तयारीमा जुट्ने निषर्कश निकालेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुर्गा दाहालले जानकारी दिनुभयो ।
बैठकमा कोशी प्रदेश प्रहरी कार्यालयका डीएसपी सहित जिल्ला सहसंयोजक चन्द्र बराल, सल्लाहकार जयकृष्ण यादव, सचिव प्रहरी निरीक्षक सबिना लिम्बु, तोरण परियार, सदस्य शम्भु अधिकारी, तोया गिरी पोदार, विनिता दाहाल, भगवती माविका समन्वय शिक्षक मिकेश सुवेदी, फ्यान क्लवका कोमल खत्वे, मो. नुल आलम, रेबिका उरांव, पूर्णमा मण्डललक्ष्मी परीयार, इशार्द अहमद र चन्दन मेहता सहितकाले सुझाव राख्नुभएको थियो ।
























