फेरि पश्चिम नवलपरासीको गोपीगंजमा ४५ अबैध खसिबोका बरामद

जगत ठाडा मगर
२०७८ असार ३० | मध्यान्ह ०६:०३ बजे

कृष्ण गिरी
नवलपरासी । पश्चिम नवलपरासीको गोपिगन्ज देखि अवैध खसी बोका बरामद गरिएको छ । पश्चिम् नवलपरासी छिमेकी राष्ट्र भारतबाट नेपाल भन्सार छलेर ल्याएका करीब ६ लाख ७५ हजार मूल्य बराबरको ४५ ओटा खशी बोका स्थानिय शलिमान खानको घरमा लुकाएर राखेको अवस्थामा फेला पारिएको प्रहरी प्रमुख मनोज कुमार यादवले बताउनुभयो ।
उक्त खसी बोका प्रतापपुर गाउँपालिका वडा नं २ गोपिगन्जबाट फेला पारेको हो । जिल्लामा फितलो प्रशासनिक निकायको कारण अवैध रूपमा भित्रिरहने यस्ता कतिपय अवस्थाका पशुजन्य वस्तुहरूको बारेमा बेखवर निकाय नियमित रूपमा सञ्चालन हुनु आजको आबस्यकता हो ।
प्रहरी नियन्त्रणमा लिएको उक्त खसी बोका महेशपुर भन्सार कार्यालयलाई आवस्यक कानुनी कारबाही अगाडि बढाउन जिम्मा दिएको प्रहरीले जनाएको छ ।






















