देश

निर्बाचन आयोगद्वारा घोषित निर्वाचन तालिका रद्द

जगत ठाडा मगर
२०७८ असार ३० | मध्यान्ह ०६:०३ बजे

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतले सोमबार गरेको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ का लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ ।’

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सफिरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर उक्त मितिमा चुनावको मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना भई नयाँ सरकार पनि बनिसकेको स्थितिमा घोषित निर्वाचन तालिका निष्प्रभावी बन्न पुगेको थियो ।

कमेन्टहरु