ओलीले बालुवाटार छोड्नु अघि बढाए २८ प्रतिशतसम्म गाडी भाडा


काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारकाले यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा २० देखि २८ प्रतिशतसम्म वृद्धि गरेको पाइएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभाग जानकारी दिएको छ ।
भाडा समायोजन सम्बन्धमा असार २७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । सरकारबाट बिदा हुँदे गर्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात व्यवस्था विभागलाई भाडावृद्धिको स्वीकृति प्रदान गरेका थिए ।
यातायातद व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बुधबार सूचना निकालेर यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत र मालवाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत वृद्धि भएको जानकारी दिएका छन ।
सूचनामा उल्लेख भएअनुसार मालवाहक सवारीतर्फ पहाडी बाटोमा २० र तराईको बाटोमा २६ प्रतिशत भाडा वृद्धि गरिएको जानकारी दिएको हो ।























