मंगलबार सपथ लिएका चारै जना मन्त्रीले पदबहाली गरे


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै नियुक्त चार मन्त्रीले बुधबार पदबहाली गरेका छन् ।
सरकारको प्रवक्तासमेत बनेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार नै पदभार ग्रहण गरेका थिए भने गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका हुन्।
देउवा नेतृत्वको सरकार पहिलो चरणमा पाँच सदस्यीय बनेको छ । जसमा कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई–दुईजना मन्त्री बनेका छन । केही दिनमै मन्त्रिीाण्डल पुनर्गठन गर्ने तयारी भइरहेको स्रोतले जनाएके छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।























