कोशी प्रदेश

पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण

रासस
२०८१ पुस २७ | मध्यान्ह ०७:०९ बजे

सालिकको २१ नं बाहिनी अड्डाका बाहिनीपती सहायक रथी युवधिरमानसिंह अधिकारी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इतिहासविद् युद्धप्रसाद वैद्य र रणशार्दूल गणका गणपति प्रह्लाद घलेले संयुक्त रूपमा उक्त सालिक अनावरण गरे। सोही गणका कार्यरत जमदार कुलमान सोतीमगरले सालिक निर्माण गरेका हुन्।

जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीसहित तीन सय ५० बढीको समूह इलाम चोकबजारमा भेला भई बजारस्थित माईस्थान मन्दिर–भ्यू टावर हुँदै गढीथुम्का ब्यारेकमा पुगेर सालिक अनावरण भएको थियो।

कार्यक्रममा जिल्लाका इतिहासविद् वैद्यसहित अन्य वक्ताले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा चर्चा गरे। निसान पदमार्गमा सहयोग पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको थियो।

कमेन्टहरु