मधेश प्रदेश

सरकारकै संरक्षण र मिलेमतोमा भ्रष्टाचार बढेको छः प्रभु साह

नवलपुर टुडे
२०८१ पुस २७ | मध्यान्ह ०७:०९ बजे

वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्।

वीरगन्जको घण्टाघरमा आजपाले आयोजना गरेको भ्रष्टाचार विरुद्धको खबरदारी सभालाई शनिबार सम्बोधन गर्दै उनले सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको बताए। सरकारले नै भ्रष्टाचारीहरुलाइ जोगाउने, बचाउने, संरक्षण गर्ने कार्य गरेको साहको भनाइ थियो। ‘यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन।

भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको सरकारले भ्रष्टाचारी जोगाउँने काम गरेको छ’उनले भने, ‘बिभिन्न भ्रष्टाचारका ठूलाकाण्डको फाईल सरकारले लुकाएर राखेको छ।’

472604264 1291630898784320 1618780686913502051 n

भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन्। भ्रष्टाचारीहरुले देशलाई लुटेर कंगाल बनाईसकेको बताउँदै साहले राज्यको ढुकुटी लुटेर बिदेशमा पैसा थुपारिएको बताए। देशको राजस्व लुटेर खाने प्रवृत्तिका कारण नेपालीमाथि बिदेशी ऋण बढदै गएको उनको जिकिर थियो।

विदेशीबाट ऋण लिने तर त्यसको सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउने काम यो सरकारले गरिरहेको आरोप साहको छ। वीरगन्जको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरे।

काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने साहले प्रश्न गरे। वीरगन्जका उद्योगी, व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने गरेकोले वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्ने उनको भनाइ थियो।

कमेन्टहरु