यातायात, समाचार

नवलपुरको दुम्कीबासमा डाइभर्सन सडकबाट यातायात संचालन

नवलपुर टुडे
२०८१ पुस २७ | बिहान ०६:०९ बजे

नवलपरासी । ६० टनभन्दा धेरै गह्रुँगो सामान बोकेर आएको गाडीका कारण पुल भाँचिएपछि दुम्कीबासस्थित विनयी खोलामा वैकल्पिक सडक निर्माण गरेर यातायात संचालन गरिएको छ । कपिलवस्तुस्थित कृष्णनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएको ६० टनभन्दा गह्रुँगो सामान बोकेको ट्रकका कारण विनयी खोलाको पुल शुक्रबार साँझ भाँच्चिएको हो ।

जिल्ला प्रहरीका सूचना अधिकारी जेसी शाहका अनुसार पुलदेखि ४ सय मिटर पश्चिममा रहेको दुम्कीबास बजारबाट उत्तर सिजी सिमेन्टडाँडा चौर भएर होंसी सिमेन्ट चोकमा निस्कने गरफ डाइभर्सन सडक निर्माण गरेर शुक्रबार राति साढे ८ बजेबाट गाडी सञ्चालनमा ल्याइएको छ ।राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको डीएसपी शाहले जानकारी दिए ।

यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ । जिल्ला प्रहरीका सूचना अधिकारी जेसी शाहका अनुसार ७४ चक्के भारतीय मालवहाक लरीले हेटौंडास्थित शिवओम सिमेन्ट उद्योगको सामान ल्याउँदै गर्दा पुल भाँचिएको हो । यसले बोकेको सामान ६० टनभन्दा धैरै गह्रुँगो थियो ।अत्यधिक भार बोकेको मालबहाक ट्रक दाउन्ने पहाडको उकालो चढ्न नसकेपछि शुक्रबार दिउँसो दुई वटा डोजरले धकेलेर ल्याइएको हो ।

कमेन्टहरु