भानु जयन्तीको अवसर पारी वृक्षरोपण

जगत ठाडा मगर
२०७८ असार ३० | बिहान ०८:०३ बजे

शिवजी मण्डेल
बझाङ । भानु जयन्तीको अवसर पारी मंगलबार छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ मा वृक्षरोपण गरिएको छ ।
आदि कवि भानुभक्त आचार्यको १ सय ८ औं जन्मजयन्तीको अवसर पारी वडा नम्बर ७ को घट्टे मजखोरीको उत्तर तिर पर्ने अल्गा पलेटि सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।
वडा नम्बर- ७ का वडा अध्यक्ष पदम बहादुर मण्डेलको आर्थिक सहयोग र समाजसेवी तथा शिक्षक रामचन्द्र मण्डेको अगुवाइमा उक्त सामुदायिक वनमा १ सय ५० लेकाली भेगमा हुने राईसल्लाका बोटहरू वृक्षरोपण गरिएको शिक्षक मीन बहादुर मण्डेल बताउनुभयो ।























