विनाशकारी डढेलोमा परी लस एन्जेलसमा कयौँको मृत्यु, पाँच जनाको मात्रै आधिकारिक पुष्टी

एजेन्सी
२०८१ पुस २६ | बिहान ०५:०९ बजे

काठमाडौं । अमेरिकाको लस एन्जेलस काउन्टीमा लागेको विनाशकारी डढेलो अझै नियन्त्रणबाहिर रहेको बताइँदै छ । आगलागीले ठूलो मानवीय हताहती भएको अड्कल गरिए पनि हालसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ ।
अधिकारीहरुले आफुहरुलाई मर्नेहरुको यकिन संख्या अझै थाहा नभएको बताएका छन् । यद्यपि, १८ लाख बढी मानिसहरु प्रभावित भएका र हजारौं संरचना धस्त भएका अधिकारीहरुले जनाएका छन् ।
लस एन्जेलसका मेयर करेन बासले यो उपद्रव ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । आगलागीको जाँचबुझ समेत भइरहेको मेयर बासले बताएका छन् । र, केही पुराना घरहरुमा लुुटपाट गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको बताएको छ ।























