देश

यातायात कार्यालयले सुदुरपश्चिम सरकारको निर्णयबिपरित जरिमाना असुक्दै

जगत ठाडा मगर
२०७८ असार ३० | बिहान ०८:०३ बजे

कैलाली । मङ्गलबार दिउँसो यातायात व्यवस्था कार्यालय कैलालीमा जनकराज विष्ट मोटरसाइकलको कर बुझाउन पुगे। उनले कर बुझाउने अवधि जेठ १६ गते अर्थात् निषेधाज्ञामै सकिएको थियो।

४ हजार ५ सय रूपैयाँ बुझाउनुपर्ने भएपनि उनको हातमा ४ हजार ७२५ रूपैयाँको रसिद थियो। उनीबाट २२५ रूपैयाँ जरिमाना यातायात कार्यालयले असुलेको हो। यातायात व्यवस्था कार्यालय कैलालीमा सवारीसाधन नविकरण गर्नेहरुको लाइनमा थिए, देवबहादुर ओली पनि। उनको कर बुझाउने अवधि जेठ १२ गतेसम्मको थियो।

१२५ सीसी स्कुटरको २ हजार ५ सय कर बुझाउन पुगेका ओलीबाट पनि १२५ रूपैयाँ जरिमाना यातायात कार्यालयले असुलेको छ।

प्रदेश सरकारले जरिवाना नलिने निर्णय गरेपनि आफुबाट १२५ रूपैयाँ जरिमाना असुलिएको ओलीले बताए।’सरकारले निषेधाज्ञा अवधिको जरिमाना छुट भनेको छ। तर यहाँ त धमाधम जरिमाना असुलेर लुटिदैँ छ,झ उनले भने।

यातायात कार्यालय कैलालीमा मङ्गबार सवारी नविकरण गर्ने, नयाँ लाइसेन्सका लागि फोटो खिच्ने तथा कर बुझाउनेहरूको लामै लाइन थियो। उनीहरूबाट मन्त्रालयको निर्णय विपरित जरिमाना असुलिएको पाइएको हो।

कमेन्टहरु