देश

सुदुरपश्चिमको कैलाली भजनी नगरपालिकामा लगाइएको ताला खुल्यो

जगत ठाडा मगर
२०७८ असार ३० | बिहान ०८:०३ बजे

कैलाली । कैलालीको भजनी नगरपालिकामा लगाइएको ताला खुलेको छ ।

योजना तर्जुमा नगरीकनै रकम विनियोजन गरी नगर सभाको आयोजना गरिएपछि सोमबार उपप्रमुख देवकोटासहित नगरपालिका १ का वडाध्यक्ष रविन थापा, ३ का वडाध्यक्ष विक्रम चौधरी र ५ का वडाध्यक्ष केशव बहादुर बुढाले ताला लगाएका थिए।

योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति भएपछि नगरपालिकाकी उप प्रमुख छाया देवकोटाको नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खुलेको हो।

सोमबार गरिने भनिएको नगर सभा अब बुधबार गरिने बताइएको छ।

कमेन्टहरु