शीतलहरका कारण बर्दघाट नगरका विद्यालय तीन दिन बिदा


नवलपरासी । बर्दघाट नगरपालिकामा रहेका विद्यालयहरू शितलहरका कारण बिदा दिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण विद्यालय ३ दिन बिदा गरिएको बताउनु भयो । तराईमा अत्याधिक हुस्सु/कुहिरोका कारण “चिसोले विद्यार्थीहरू बिरामी नै हुनेहुन कि भन्ने डरले अविभावकहरुको पनि मनसाय बुझेर बिदा दिने निर्णय गरेका नगर प्रमुखले जानकारी दिनुभयो । यसै क्रममा शितलहरबाट प्रभावित समुदायलाई न्यानो कपडा वितरण पनि गरिरहेको बताउनु भयो ।
सोमबार रातिदेखि परेको शितलहरले पश्चिम नवलपरासीको जनजीवन कष्टकर बनिरहेको छ ।शितलहरले गर्दा निरन्तर चिसो बढेकाले बर्दघाटका सम्पूर्ण विद्यालय २४, २५ र २६ गते बिदा गरिएको जानकारी नवलपुर टुडेलाई दिनुभयो । शैक्षिक क्यालेन्डरमा रहेको परिस्थितिजन्य बिदाबाट कट्टी हुने गरी ३ दिनको लागि पठनपाठन बन्द गरिएको शिक्षा शाखाले जानकारी दिए । यस नगरभित्र ३७ वटा सामुदायिक विद्यालय रहेका छन् ।


















