घटना

शिक्षक मेहतामाथि कुटपीट प्रयास, शिक्षकहरु आन्दोलित

देवराजा यादव
२०८१ पुस २४ | मध्यान्ह ०४:०९ बजे

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलाको नेपाल राष्टिय हरि माध्यमिक विद्यालयका निमावि गणित शिक्षक भोक्राहा नरसिंह ६ निवासी ३१ वर्षिय असोक मेहतामाथि पुस २४ गते विद्यालयमै कुटपीटको प्रयास भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल सिंह खबासले कार्यालय समयमा विद्यलाय किन नआएको भन्दै शिक्षक मेहतामाथि गालीगलौज सहित दुव्र्यवहार र कुटपीट प्रयास गर्नुभएको हो ।

शिक्षक मेहताले आफूलाई विद्यालयमा नियमित काम गर्दा समेत मानसिक तनाव दिने र बुधबार पाँच मिटेट ढिलो हुदाँ विव्यस अध्यक्ष इनरुवा नगरपालिका ७ चान्दबेला निवासी ४० वर्षिय दबासले आक्रमण र कुटपीटको प्रयास गर्नुभएको दावी गर्दै न्यायका लागि इनरुवा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ ।

मेहताके पक्षमा विधालयका सबै शिक्षकहरुले एक्यवद्धता जनाउदै घटनाको विरोध गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक काशीराम चौधरीको समेत संल्गनतामा शिक्षक माथि अपमान र आक्रमण प्रयास भएको भन्दै शिक्षकहरु आन्दोलित बनेको उक्त विद्यालयका शिक्षक बुधेश्वर मेहताले जानकारी दिनुभयो । घटनाका बारेमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले पक्षहरुलाई राखेर छलफल गर्ने प्रयासमा रहेको प्रतिकृया दिनुभयो ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत पीडक खबास विरुद्ध निवेदन दिनुहुदै हदैसम्मको कार्वाही र शिक्षकहरुको शान्ती सुरक्षाका लागि वतवारण निर्माणको माग गरिएको पीडित शिक्षक असोश मेहताले जानकारी दिनुभयो । यता घटनाका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल सिंह खबासले विद्यालयको अनुशासन नमान्ने र समयको पालन नगर्ने शिक्षक मेहतालाई सचेत मात्रै गराएको प्रतिकृया हिनुहुदै कुनै कुटपीट र दुव्र्यवहार नगरेको दावी गर्नुभयो ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक काशीराम चौधरीले कुटपीटका घटनाका बारेमा आफूलाई थाहा नभएको प्रतिकृया दिनुभयो

photo 2025 01 08 16 39 17 photo 2025 01 08 16 39 19 photo 2025 01 08 16 39 22

कमेन्टहरु