देश

प्रधानमन्त्री देउवाको पहिलो निर्णय : चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने

जगत ठाडा मगर
२०७८ असार ३० | बिहान ०८:०३ बजे

काठमाडौं । नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मंगलबार साँझ नै पदभार ग्रहण गरे । पदभार ग्रहणपछि बसेको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको हो ।

अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई एक साताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज मसान्तसम्म एक तिहाइ नागरिकलाई खोप लगाउने र चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिएका छन् ।

कमेन्टहरु