खेलकुद

कपिलवस्तुको विजयनगर गाउँपालिका- ३ मा खेलाडीलाई खेल सामग्री वितरण

धर्मेन्द्र कुमार कुर्मी
२०८१ पुस २३ | बिहान ०९:०९ बजे

कपिलवस्तु । विजयनगर गाउँपालिका–३ ले युवाहरुको खेल प्रतिभा विकासका लागि वडा स्तरीय खेलाडीहरूलाई ड्रेस तथा खेल सामग्री वितरण गरेको छ।

वडा नं.३ का अध्यक्ष हृदय बिकाश चौधरी (बिके चौधरी) को अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न खेलका स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई खेल सामग्री प्रदान गरिएको हो।

यस अवसरमा अध्यक्ष चौधरीले युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलको महत्वलाई उल्लेख गर्दै आगामी दिनमा पनि खेल क्षेत्रको विकासका लागि वडा प्रतिबद्ध रहेको बताए।

photo 2025 01 07 09 00 27

स्थानीय खेलाडीहरूले वडा कार्यालयको यस कार्यप्रति खुशी व्यक्त गरेका छन्। उनीहरूले आफूहरूको खेल यात्रामा यस किसिमको सहयोगले थप ऊर्जा मिल्ने प्रतिक्रिया दिए।

कार्यक्रममा वडा सदस्य, स्थानीय युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्टहरु