गौर भन्सारमा प्रहरी असइको आतंक, भाँचियो बुट्ले महिलाको हात


रौतहट । करिब ४ दर्जन भन्दा बढी ब्यापारीलाई कमाउ खाउ बनाइ टाउकोको पगडी मान्ने गौर भन्सार सुरक्षा प्रहरीले दैनिक घरायसी प्रयोजनको लागि भारतीय बजारबाट १ बोरा चामल लिएर आएको देवाही गोनाही नगरपालिका बस्ने चनिया देविलाई बुटले प्रहार गरि हात भाचेका छन ।
आफ्नो दैनिक प्रयोजनको लागि एक बोरा चामल ल्याएको भन्दा भन्दै भंसारमा सुरक्षाको लागी खटेका प्रहरीले बुटले हानेर हात भाचेको पिडित महिलाले बताइन । प्रहरीको कुटाइबाट हात भाचिएको महिलालाई सोही स्थानमा रहेका स्थानीय र प्रहरीले गौर अस्पताल पुर्याएका थिए । महिला अस्पताल पुगे पछि अस्पताल मै पुगेका भंसार चौकका असइ बृजकिशोर यादव, हवलदार केशर सिंह र २ जना प्रहरी जवानले यस घटना बारे कतै कुनै संबंधित निकायमा उजुरी गरे उपचार पनि नगराउने भन्दा धाकधम्की दिइ गौर अस्पतालमा कार्यरत प्रहरी हवल्दार समक्ष रिक्साबाट लडेको भनेर ब्यान गराएका छन ।
उनले भने अनुसार बयान गरे घाईतेलाई थप खर्च रकम उपलब्ध गराउने प्रलोभन दिइ असैइ यादव र उनका मतियार प्रहरीले महिलालाई डर देखाए पछि हाल महिला त्रसित अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहट पुगेकी हुन । महिलाले आफुलाई लागेको चोटका कारण रात भरी सुत्न नसकेको र थप उपचारको आवस्यकता रहेको भन्दै आज बिहान गौर भन्सारका असइलाई भेटदा उल्टै हप्काउने पारामा तिमी आफै उपचार गराउ, तिम्रो घर पाल्न आएको थियो कि मेरो घर पाल्न भन्दै जवाफ फर्काएको पिडित महिलाले बताएकी छिन ।
यस सम्बन्धमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष रुपेस पटेलले प्रहरीले गरेको यो ज्यादती अशोभनीय रहेको र दोषी प्रहरीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटसंग माग गरेका छन ।
त्यस्तै तस्करलाई छुट र आम सर्वसाधारणलाई दुख दिने र महिला माथी बुट प्रहार गर्ने प्रहरीलाई कारवाही नभए कडा रुपमा आन्दोलन गर्ने राष्ट्रिय युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवले चेतावनी दिएका छन ।























