चोरी र लागुऔसतमा संलग्न तीनजना घुमुवा प्रहरी निलम्बन, पक्राउ गरि अनुसन्धान

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०८:०३ बजे

दाङ । दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आए पछि निलम्बन गरेको हो ।
त्यस्तैगरी अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन मगर लागूऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको प्रहरी अधिकारीले बताए ।
दाङ प्रहरी स्रोतका अनुसार केसी र विकलाई झन्डै १० दिनदेखि पहिला र पुनलाई करिब ३/४ दिन पहिला पक्राउपछि जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर अनुसन्धान गरिरहेको छ।
संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागूऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरी अधिकारी दाङले जानकारी दिएको छ ।























