संरक्षित कस्तूरीको बिनासहित ललितपुरबाट २ जना पक्राउ

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०७:०३ बजे

काठमाडौ । ललितपुरको गोदावरी नगरपालिका १४ स्थित ठैवबाट प्रहरीले संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनिहरुलाई सोमबार पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोपहार बेचविखन गर्नेलाई ५ देखि १० वर्ष कैद र १५ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ ।























