पाँच विद्यार्थी संगठनद्वारा बुधबारदेखि पेट्रोल पम्प र ढुवानी बन्द गर्न चेतावनी

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०६:०३ बजे

पेट्रोलियम पदार्थमा भएको उच्च मूल्य वृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिएका पाँच विद्यार्थी संगठनले बुधबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न चेतावनी दिएका छन् ।
ध्यानाकर्षणको अवज्ञा गरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् व्यवसायी र एसोसियसन नै हुने उनीहरूले चेतावनी दिएका छन्।
यस्तै उनीहरूले जनताको ढाड सेक्नेगरि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेका छन्।






















