देश

देउवा नेतृत्वको सरकारले गृहमन्त्रीमा बालकृष्ण खाँणलाई नियुक्ति

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०६:०३ बजे

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बालकृष्ण खाँणलाई गृहमन्त्रीको पदमा नियुक्त गर्ने भएका छन् ।

उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो भने लागिसकेको छैन ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ । त्यस लगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

कमेन्टहरु