अपराध, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
सशस्त्र प्रहरीको दोधारो नीति, तस्करीको लाइन दिने गोदाममा आफै छापा हान्ने

पर्सा, १८ पौष / मुलुकको आर्थिक नगरीका साथै मुलुककै सबै भन्दा बढी राजस्व संकलन गर्ने वीरगंज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपालका केहि कर्मचारीहरुको आर्थिक मोहका कारण वीरगंज भन्सार क्षेत्रहरुबाट व्यापक रुपमा तस्करीको लाइन सुचारु भएको पाइएको हो ।
बिगत लामो समयदेखि वीरगंज भन्सार क्षेत्रबाट रुकेको तस्करीको लाइन सशस्त्र प्रहरीको कर्मचारीहरुको सरुवा भए लगतै सुचारु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा आएको एक हप्ता नबितिदै सेटिङमा तस्करी सुरु भएको पाइन्छ । बिगत लामो समयदेखि टेम्पु सेटिङमा रोकिएको तस्करीको लाइन सशस्त्र प्रहरीको गुल्मपतिको आदेश र संरक्षण भए पश्चात पुनः सुचारु भएको बताइन्छ ।
वीरगंज भन्सारको मुख्य सडक मात्र नभई भन्सारको पछाडीबाट समेत दैनिक रुपले करोडौको मालसमान अवैध तरिकाले नेपाल भित्रिन थालेको छ । तस्करहरुले सुचना दिने आश्वासन र मासिक रुपमा लाखौ रुपैया गुल्मपतिलाई नजराना बुझाए पश्चात तस्करी गर्न छुट नै पाएको श्रोतको दावी छ । तस्करीका मालसमान आयात निर्यात गर्ने गिरोहहरुको बिषयमा सुचना दिने आश्वासन पाए पश्चात वीरगंज भन्सार पछाडीबाट एक जना भारतीय तस्करलाई लाइन पाएको सशस्त्र प्रहरी श्रोतनै जानकारी दिएका छन ।
त्यति मात्र नभई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजकै मातहतमा रहेका बोर्डर आउट पोष्ट श्रीसिया र ड्राइपोर्ट नाकाबाट कुख्यात तस्करहरुलाई लाइन दिएको व्यापक चर्चाको बिषय बनेको छ । भारतबाट अवैध तरिकाले नेपाल भित्रयाउने मालसमान ट्रान्सपोर्टको माध्यमले मुलुकको बिभिन्न ठाउहरुमा पुग्ने गरेको बताइन्छ । सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले आफ्नो मातहातमा रहेका बिओपीहरुलाई तस्करी कार्य सहज गर्न आदेश नै गरे पश्चात तस्करीको लाइन सुचारु भएको श्रोतको दावी रहेको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्त बाहिनी मधेस प्रदेशका प्रमुख डिआईजी कालिदास धौवजु र सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्याल तस्करी गराएको आरोपमा केहि एसपी र डिएसपीहरुलाई हेडक्वाटर तानिएपनि कपडा, हार्डवेयर र लहसुनको तस्करी गराउने डिएसपी सुब्बालाई , तानिने हो कि होइन हेर्न बाकी रहेको छ ।


















