देश

फलाहारी बाबा बहुमुखी क्याम्पसका प्रमुखलाई हिन्दु युवा शक्तिकाे ज्ञापनपत्र

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०४:०३ बजे

धनी राम काेरी
कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं -१ मा रहेको फलाहारी बाबा बहुमुखी क्याम्पसका प्रमुख सुर्य लाल कसाैधनलाई हिन्दु युवा शक्ति कपिलवस्तुले ज्ञापन पत्र बुझाएको छ ।

फलाहारी बाबा बहुमुखी क्याम्पस सबै काे साझा शैक्षिक संस्था भएको हुनाले इस्लाम धर्म संग जाेडेर इमेलकाे नाम रहेको हुनाले हिन्दु युवा शक्ति त्यसलाई परिवर्तन गर्नकाे लागि ज्ञापन पत्र बुझाएको हिन्दु युवा शक्तिका महासचिव विष्णुप्रसाद तिवारीले बताउनु भयो ।

क्याम्पसकाे इमेलमा [email protected] हुदा खुल्ला रुपमा इस्लामी (786) धर्म संग जाेडेर रहेको हुनाले हिन्दु युवा शक्तिले अपात्ति जनाएको छ ।

इमेलकाे नाम 786 लाई परिवर्तन गर्नकाे लागि फलाहारी बाबा बहुमुखी क्याम्पसका प्रमुख सुर्य लाल कसाैधनलाई अग्रह गर्नुकाे साथै यदि परिवर्तन भएन भने हिन्दु युवा शक्ति कपिलवस्तुले कार्वाहीकाे प्रक्रियालाई अगाडि बढाउने ज्ञापन पत्रमा भनेको छ ।

कमेन्टहरु