राजनीति

कांग्रेसको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्दा उपयुक्त हुन्छ : शशांक कोइराला

दिप्शन गुरुङ
२०८१ पुस १६ | मध्यान्ह ०२:०९ बजे

“विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,” उनले भने । 

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने उनको तर्क छ । उनले निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए ।

“कोइराला परिवार एक होइन, विचार एक हुनुपर्‍यो । विचार एक भए हुन्छ,” उनले भने ।

महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थालाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।

कमेन्टहरु