बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको हिमालीमा १ सय २८ घरहरु बस्ती विस्तार

उमेश रोकाया
२०८१ पुस १६ | मध्यान्ह ०१:०९ बजे

बाजुरा, पुष १६ । जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका ५ किउडी गाउँ सहित १ सय २८ घरहरु बस्ती विस्तार भएका छन। वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ फैतिमा २९ घरहरु सहित १ सय २८ घरपरिवार विपतका घरहरु निर्माणकार्य सम्पन्न गरेर बनाएको घरमा बस्ने गरेका छन। बनाएको नयाँ घरमा बसोबास गर्दै आइरहेको भएपनि घर निर्माण गर्दादेखि अहिलेसम्म पहिलो किस्ता रकम १ लाख २५ हजार भुक्तानी भएको छ। बाकी ३ लाख ७५ हजार रुपैयाँ अहिलेसम्म नपाएको गुनासो गरेका छन। किउडी गाउँमा २०७८ असोज महिना आएको अविरल वर्षाले बाढीपहिरो गाउँको बिचमा जमिन भासिएका कारणले चिरा-चिरा बनाउदा पुस्तौंदेखि बसोबास गर्दै आइरहेको किउडी गाउँ छोडेर अहिले आजभोलि जरगाउँ भन्ने ठाउँमा घर निर्माण गरेर बस्दै आएका स्थानीय वीर बहादुर बुढाले बताएका छन।

विपतबाट बनाएका घर बनाउने काम सम्पन्न गरि नयाँ बनाएको घरमा बस्दै आएपनि आफुले पाउनु पर्ने रकम नपाउदा घर निर्माण सामाग्री जस्तापाता, काठ र सिमेन्ट सबै समान उदारो निकालेर पैसा तिर्न अझै बाकी हुँदा समस्या भएको छ। घर बनाउदा कवाडी र धुलाचौर बजारबाट समान ल्याएका साहु पैसा माग्ने गरेको भएपनि सरकारबाट पाउने रकम पुरा नपाउदा आफू संग घरको ज्याला पैसा दिने समेत नहुदा घर जग्गा बेच्नुपर्ने बाध्यता रहेकोे बुढाले बताएका छ्न।

घर बनाएर बस्दै गरेपनि जुन निर्माण गरेको पाउने पुरा रकमको आधा पैसापनि पाएका छैनौं। आफुले पहिलो किस्तामा पाउने पैसा बाहेक अरु कुनैपनी किस्ताको रकम अहिलेसम्म नपाएको गुनासो गर्नु भएको छ। घर बनाउदा जस्तापाता देखि काम गराएको मिस्री ज्याला समेतको पैसा तिर्न सकेको छैन। सबै समान पसलमा उदारो ल्याएर बजारमा पसलका साहु पटकपटक माग्ने गरे भएपनि हातमा पैसा नहुदा ठुलो समस्या अल्झिएका छौं। आफ्नो घरमा आयस्रोत केही नभएकाले विपदबाट बनाएका घरको सामाग्री ल्याएको पैसा समेत दिन अझ बाकी रहेको भरिलाल रोकायाले बताए।

२०६८ सालमा आएको अविरल वर्षाले गर्दा गाउँको बीचमा जमिन भासिएका कारण किउडी गाउँ ठुलो क्षति भएको हो। गाउँमा घरहरू वर्षाले क्षतिपूर्ती भएको स्थानीयले बताए। संघ सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय तहको १० प्रतिशत अनुदानमा बिपद घरहरूको बस्ती बसाइ रहेकोे हो। उहाँले बताउनुभयो, “प्रक्रिया सबै पूरा भएको छ। माथिबाट आउने पैसा नआएर रोखिएको जिल्ला प्रशासन कार्यालय बाजुराका जिल्ला प्रमुख अधिकारी मेग्नाथ पौडेलले बताएका छन।

कमेन्टहरु