देश

पाल्पाको हार्थोकमा अबैध मृगसहित चार जना प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०२:०३ बजे

पाल्पा । पाल्पामा अवैध बन्यजन्तु राते (मृतसहित) चार जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा बागलुङ ढोरपाटन नगरपालिका ६ बस्ने २८ वर्षीय रमेश भण्डारी, निस्दी गाउँपालिका ३ बस्ने २९ वर्षीय छम बहादुर मल्ल, नवलपरासी बर्दघाट नगरपालिका ४ बस्ने २९ वर्षीय सुरेश थापा र अर्घाखाँची, पाणिनि गाउँपालिका ८ बस्ने ३२ वर्षीय मोबिन वली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीका अनुसार आइतबार राति ११:३५ बजे रिब्दिकोट गाउँपालिका ३ हार्थोक बजारमा बागलुङको बुर्तिबाङबाट बुटवल तर्फ जाँदै गरेको ध १ ज ४६५ नम्बरको बोलेरो पिकअपलाई जाँच गर्ने क्रममा अन्दाजी ७/८ केजीको अवैध वन्यजन्तु राते (मृग) मृत अवस्थामा पछाडिको सिटमा राखेको अवस्थामा प्रहरीले फेला पारी उक्त सवारीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाएको छ ।

कमेन्टहरु