देश

दुई तिहाईको सरकारले विधिलाई मिचेर गरेको अनैतिक कार्यलाई सच्चाएर अगाडी बढ्ने नेता प्रकाशमान सिंहको दाबी

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०२:०३ बजे

काठमाडौ । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले दुई तिहाईको सरकारले विधिलाई मिचेर गरेको असंबैधानिक र अलोकतान्त्रीक कार्यलाई सच्चाएर काँग्रेस नेतृत्वको सरकार अगाडी बढ्ने दाबी गर्नु भएको छ ।

आज नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्य समितिको विशेष बैठकलाई सम्बोधन गर्दै नेता सिंहले कोरोना महामरीको योजनाबद्ध रुपले सामना गरि सबै जनतालाई खोपको व्यवस्था गर्ने बताउनु भएको हो । काँग्रेसको सरकारको प्रभावकारीता जनताले महसुस गर्ने गरी काम गर्ने उहाँको दाबी छ ।

साथै नेता सिंहले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको असंबैधानिक कामलाई अदालतले सच्चाएको बताउनु भएको छ । सर्वोच्च अदालतको पछिल्लो फैसला देश र जनताको पक्षमा भएको भन्दै नेता सिंहले अब कसैले पनि संविधानमाथि प्रहार गर्ने हिम्मत गर्न नसक्ने बताउनु भएको छ ।

अर्को प्रसङ्गमा उहाँले पार्टीलाई देश र जनताका लागी काम गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । १४ औं महाधिबेशनले पार्टीलाई रुपान्तरण गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने उहाँको भनाई छ । काँग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा संकटबाट उन्मुक्ती गराउँदै आएकाले अबको नेतृत्व समय सुहाउँदो हुनु पर्ने उहाँले बताउनु भएको छ ।

नेता सिंहले देश र जनतालाई शिरमा राखेर पार्टीलाई मजबुत र सफल बनाउनको लागी आगामी महाधिबेशनमा आफु नेतृत्वका लागी तयार भएको समेत बताउनु भएको छ । उहाँले पार्टीको आसन्न महाधिबेसन कुनै पनि हालतमा समयमा नै सम्पन्न हुने बताउनु भएको छ ।

कमेन्टहरु