धर्म–संस्कृति/रीतिथिति

टुँडिखेलमा ‘तमु ल्होसार’ को रौनक(तस्बिरहरु)

नवलपुर टुडे
२०८१ पुस १५ | मध्यान्ह ०७:०९ बजे

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । यस अवसरमा आज (सोमबार) बिहान बसन्तपुरदेखि टुँडिखेलसम्म र्‍याली निकालिएको थियो ।

losarटुँडिखेलमा भेला भएर गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरी तमु ल्होसार मनाएका हुन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

losar1‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।

losar2losar3losar4losar5losar6losar7

losar8losar9losar10losar11losar12losar13

 

कमेन्टहरु