मधेश प्रदेश

रौतहटमा आगलागीबाट ८ घर खरानी, त्रिपालमा कठ्याङ्ग्रिँदै ५५ जना पीडित

नवलपुर टुडे
२०८१ पुस १५ | मध्यान्ह ०४:०९ बजे
1735553745 462570988 2135801923542403 1987926421223065943 n

बाबुलालले मलेसियामा रहेका छोरा सत्येन्द्र पासवान र नेपाल प्रहरीमा कार्यरत छोरी-ज्वाइँले पठाएको १७ लाख रुपैयाँ घर बनाउनका लागि सुरक्षित राखेका थिए। तर, आइतबार रातिको आगलागीले यो रकमसँगै बाबुलालको घर बनाउने सपना पनि खरानी बनाएको छ। घडेरी किन्ने योजना अन्तिम चरणमा पुगिसकेको अवस्थामा आगलागी भएको हो। बाबुलालका अनुसार आफ्नै घरको पछाडि रहेको घुरबाट सुरु भएको आगोले ग्यास सिलिन्डर विस्फोट गराएपछि आगो थप भयावह बनेको थियो।

1735553749 1000126588

आगोको लप्का र ग्यास सिलिन्डरको विस्फोटले दलित बस्तीभर कोलाहल मच्चिएको स्थानीय कान्तिदेवी पासवानले बताइन्। “केही सम्हाल्न नपाउँदै ज्यान जोगाएर भाग्नमात्र सफल भयौं,” उनले भनिन्। आगलागीले बाबुलाल पासवान, दीपेन्द्र पासवान, प्रदीप पासवान, कान्तिदेवी पासवान, नागेन्द्र पासवान, सोगारथ पासवान, र जगरनाथ पासवानका घरहरू पूर्ण रूपमा नष्ट गरेको छ।

1735553745 467428847 573607295534870 5000351266216802518 n
1735553747 471692341 2010567042689356 96005748791069649 n

हाल आठ परिवारका करिब ५५ जना सदस्य कडा चिसोमा ओत लाग्न त्रिपाल र अस्थायी सामग्रीमा बस्न बाध्य छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार, दैवी प्रकोप समितिबाट तत्काल राहतस्वरूप त्रिपाल, भाँडाकुँडा, खाद्यान्न, र अन्य अत्यावश्यक सामग्री वितरण गरिएको छ।

1735553748 1000126585

स्थानीय निर्माण व्यवसायीहरूले ग्यास सिलिन्डर, चुलो, ओढने-ओछ्याउने, र खाद्यान्न सामग्री उपलब्ध गराए पनि पीडितहरूको अवस्था दयनीय छ। “दिनभर घाम नलागेको कठ्याङ्ग्रिँदो चिसोमा बालबालिका, वृद्ध, र महिलाको अवस्था नाजुक छ,” स्थानीय खुसीबु सिंहले बताइन्।

1735553748 1000126581

राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादवले नगरपालिकाको तर्फबाट थप राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए। आगलागीबाट जोगिएकाहरू जिउमा लगाएको कपडा बाहेक केही पनि बाँकी नरहेको उनले बताए। स्थानीय इन्दु देवीले आगलागीमा दुई लाख रुपैयाँ जलेको दुखेसो पोखिन्। उनले श्रीमान् दीपेन्द्र पासवानले मलेसियाबाट पठाएको पैसा घर बनाउन सुरक्षित राखेकी थिइन्। “घरमा आगो लागेको थाहा पाएपछि दुई साना छोराहरूलाई निकाल्दै ज्यान जोगाउन मात्र सफल भएँ,” इन्दुले भनिन्।

1735553746 467480406 462326610266532 3313959426025970145 n

भीषण आगलागीले पताहीको दलित बस्तीलाई गहिरो आर्थिक र मानसिक आघात पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताए। उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गौर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

1735553753 1000126601

पीडितहरूले तत्काल राहत पाए पनि पुनर्स्थापनाको लागि दीर्घकालीन योजना आवश्यक देखिएको छ।

1735553751 1000126589

 

 

कमेन्टहरु