देश

कांग्रेसका सभापति देउवालाई राष्ट्रपति कार्यालयले अझै पठाएन औपचारिक पत्र

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न परमादेश दिए पनि राष्ट्रपति कार्यालयले अझैपनि औपचारिक पत्र पठाएको छैन् ।

सर्वोच्चको संवैधानिक इजलासले देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपनि अझैसम्म शीतल निवासबाट औपचारिक रुपमा देउवालाई खबर नआएको नेता एनपी साउदले जानकारी दिए । तर देउवा भने आन्तरिक छलफल
मै व्यस्त छन् ।

मंगलबार अपराह्नसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र आगामी साउन ३ गते भित्र प्रतिनिधिसभा अधिवेशन बोलाउन अदालतले आदेश दिइसकेको छ । सर्वोच्चले दिएको आदेश अनुसार आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने छ ।

संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला गरेको थियो ।

कमेन्टहरु