विजयनगरमा हुने राष्ट्रपति रनिङ शील्डलाई व्यवस्थित र भव्य बनाउन जाेड

धर्मेन्द्र कुर्मी चौधरी
विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताकाे तयारी तीव्र रुपमा भइरहेको छ । यही १७ गते हुने राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताकाे तयारीकाे बारेमा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र खेलकुद व्यवस्थापन टीमसँग व्यवस्थित र भव्य रुपमा सञ्चालन गर्नका लागि बृहत छलफल भएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले नवलपुर टुडेलाई जानकारी दिए ।
उनले १६ गते मंगलबार उक्त खेल प्रतियोगिता सुरु गरिने तयारी गरेपनि विविध प्राविधिकका कारणले एक दिन ढिलाे हुने भएको जनाए । उनले त्यही अनुसार खेलाडीहरुलाई तयारी गर्न विद्यालयमा प्रधानाध्यापकहरुलाई अनुरोधसमेत गरे ।
गाउँपालिकाकाे वडा नम्बर ७ मा अवस्थित लाैटनराम द्राेपदी देवी माध्यमिक विद्यालय गणेशपुरकाे खेल मैदानमा विविध विधाका हुने राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताकाे सञ्चालन हुनेछ ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता तयारीकाे अवस्थाकाे बारेमा खेल प्रतियाेगिता व्यवस्थापन टिमसँग बुझ्दै खेललाई व्यवस्थित बनाउनुपर्नेमा जाेड दिएका छन् । उनले प्रतियोगितालाई सभ्यभव्य रुपमा सम्पन्न गरिने गरि लाग्न सबैलाई अनुराेधसमेत गरे ।
निरन्तर यस राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताकाे सञ्चालनले स्थानीय खेलाडी उत्पादन, खेलप्रति विद्यार्थीकाे रुचि र खेलकुद क्षेत्रमा विजयनगर गाउँपालिकालाई छुट्टै पहिचान दिलाउने गरि खेलाडी उत्पादनमा समेत टेवा पुग्ने अध्यक्ष थापाले बताए ।























