मधेश प्रदेश

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई गौंरमा भब्य स्वागत

अशोक यादव
२०८१ पुस १४ | मध्यान्ह ०७:०९ बजे

रौतहट । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आइतबार रौतहटको सदरमुकाम गौरमा भव्य स्वागत गरिएको छ।त्यस्तै गाैर नगरपालिकाकाे नगर प्रमुख शम्भु साहले आफ्नो व्यक्तिगत तर्फबाट खेलाडीहरूलाई खेल प्रति अझै अगाडि बढनकाे लागि सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका छन ।

काठमाडौंमा सम्पन्न एनपीएलको उपाधि जितेपछि जनकपुर बोल्ट्सको व्यवस्थापनले मधेश प्रदेशका आठवटै जिल्लामा ट्रफीसहित भ्रमण गर्ने कार्यक्रम तय गरेको थियो। सोही क्रममा आइतबार गौर आइपुगेको हो। जनकपुर बोल्ट्सका खेलाडी र व्यवस्थापन टोलीले विभिन्न झाँकी प्रदर्शन गर्दै गौर बजार परिक्रमा गरे।त्यसपछि राइस मिल्समा आयोजित कार्यक्रममा खेलाडीहरूलाई औपचारिक स्वागत गरियो।

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, नगरवासी, खेलप्रेमी, रौतहट क्रिकेट संघका पदाधिकारी तथा सयौं नागरिकले उत्साहपूर्वक सहभागिता जनाएका थिए। रौतहट क्रिकेट संघका पवन साहका अनुसार स्थानीयहरूले आफ्नो मन पर्ने टिम र खेलाडीलाई स्वागत गर्न पाउँदा गौरव महसुस गरेको बताए ।

कमेन्टहरु