मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

राहत शिक्षक बाजुराको अध्यक्षमा पण्डित चयन

उमेश रोकाया
२०८१ पुस १४ | मध्यान्ह ०३:०९ बजे

बाजुरा, पुष १४ । नेपाल राहत शिक्षक जिल्ला कार्य समितिको छैटौं जिल्ला अधिवेशनबाट सर्वसम्बत रुपमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार भएको छैटौं जिल्ला अधिवेशनबाट मथुराज पण्डित अध्यक्ष रहने गरी १६ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । जसमा खुला उपाध्यक्षमा परे नाथ,महिला उपाध्यषमा राधिका मल्ल,सचिव विजयराज पाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै समितिमा सहसचिव टिकाराम पण्डित,कोषाध्यक्ष यमुना बस्नेत र सह कोषाध्यक्ष महादेव पाध्याय चयन भएका छन् । छैटौं जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृतव चयन गरेर एक पालिकाको एक शिक्षकको प्रतिनिधित्व हुने गरी जिल्ला कार्य समिति चयन गरिएको नवनिर्वाचित जिल्ला सचिव विजयराज पाध्यायले जानकारी दिएका छन् । नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बाजुराको छैटौं जिल्ला अधिवेशनको समुद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख तथा नेपाल शिक्षक महासंघका पुर्व केन्द्रीय सदस्य कर्णबहादुर थापाले गरेका थिए ।

कमेन्टहरु