मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
आजको बहस यता तिर हुनुपर्ने देखिन्छ: रमेश विक (साहसी)


जर्मन दर्शन बेलायती अर्थ शास्त्र फ्रान्सेली राज्यक्रान्ती बाट शिक्षा लिएर मार्क्सले बर्ग बिहिन शोषण बिहिन र राज्यबिहिन समाजको परिकल्पना गर्दै सामन्तवाद साम्राज्यवाद र पुजीवादीहरुको चरम चंगुलमा फसेको श्रमजीवी समुदायको न्याय मुक्ती र स्वतन्त्रताको अधिकार सुनिस्चित गर्न द कम्युनिस्ट मेनिफेस्टो घोषणा गरि संसार भरका श्रमजीवीबर्ग समुदायलाई न्याय, मुक्ती ,स्वतन्त्रता र अधिकारका लागि सबै एक हौं भन्ने बलियो प्रेणा र सन्देश दिए। मार्क्सको दर्शन पुजिवादीहरुका लागि आलोचना मात्र होइन अपितु क्रान्तिको निरन्तर आह्वान पनि हो। जहाँ मानव हुन्छ त्यहा बर्ग हुन्छ जहाँ बर्ग हुन्छ त्यहा बर्ग शोषण हुन्छ जहाँ बर्ग शोषण हुन्छ त्यहा वर्गसंघर्ष चल्छ जहाँ वर्गसंघर्ष चल्छ त्यहा मार्क्सवादको बिकास हुन्छ भन्ने स्थापित मान्यता राख्दै टाउको टेकेको हेगेलको दन्दवाद र फायर बागको भौतिकवाद मिलाइ खुट्टा टेकेको दन्दात्मक ऐतिहासिक भौतिकवाद निर्माण गरे । “मार्क्स भन्नुहुन्छ म भन्दा अगाडिका दार्सनिक हेगेल र फायरबाग हुन”।उनिहरुले उल्टो दिशामा परिभाषित गरेको दर्शनलाई सुल्टो परिभाषा र प्रयोगका लागि प्रेणा दिएको हु।
मार्क्सका बाकी कार्यभार लाइ फ्रेडिक एङ्गेल्सले पूरा गर्दै बिचार षश्र्लेसण गरि मार्क्स स्थापित गरे । मार्क्सवादलाई आधार मान्दै लेनिनले रुसमा समाजवादी क्रान्तिको नेतृत्व गर्नु भयो ।लेनिनका बाकी कार्यभार पुरागर्दै बिचार षश्र्लेसण गरि लेनिनवाद स्थापित गर्ने काम स्टालिनबाट भयो । माक्र्सवाद लेनिनवादलाई आधार मान्दै माओले सकारात्मक कुराबाट शिक्षा लिदै नकारात्मकपक्ष कोट्याउनु मात्र भएन स्टालिनका तीस प्रतिशत कमजोरी छन भनी किटान गर्नु भयो। सत्तरी प्रतिशत सकारात्मक पक्षको बिचारको बिकास रक्षा र प्रयोग गर्दै चाइनामा माओसेतुङ्ले चिनियाँ जनताको परिबर्तनको बाधक चाइनाको शासक च्यान्काइसेकको सत्ता पल्टाइ जापानी साम्राज्यवादबाट चीन र चीनिया जनता मुक्त गर्न दीर्घकालीन जनयुद्धको कार्यदिशा निर्माण गरि चीनिया जनताको मुक्ती र परिबर्तन स्थापित गर्नु भयो । माओले माओवाद संस्लेसण गर्नु भएको होइन देश र जनताका लागि बिचारमा बिकासको आधार तयार पार्नु भयो। सिङ्गो राष्ट्र राष्ट्रियता र जनतामा महत्त्वपूर्ण देन मात्रै दिनु भयो। तसर्थ के गल्ती गर्नु हुदैन भने मार्क्सवाद भित्र एङ्ग्गेल्स नदेख्नु लेनिनवाद भित्र स्टालिन नदेख्नु माओवाद भित्र प्रचण्ड नदेख्नु भुल मात्र मात्र होइन दर्शनको दरिद्रता हो। तसर्थ बिचार बिकासको शृङ्खला र कडिलाइ जोड्दै माओवादी बिचारको थप बिकास रक्षा र प्रयोग नेपालमा भयो ।
नेपाली जनताको मुक्ती र परिवर्तनको बाधक केन्द्रीकृत एकात्म सामन्ती राज्यसत्ता किटान गरि २०५२ देउवा सरकारलाई राष्ट्रियता जनतन्त्र र जनजिविका संग जोडिएका मुल मुद्दालाई लिएर ४० सुत्रीय माग पेस बाबुराम भट्टराईको नेतृत्वमा भयो । उक्त मागको सम्बोधन हुनुको साटो मागपत्र लाई रद्दीको टोकरीमा फालीसकेपछि नेपाली जनताको मुक्ती र परिवर्तनका लागि प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले गाउबाट शहर घेर्ने रणनीति निर्माण गर्दै ससस्त्र जनयुद्धको सुरुवात भयो । जस्ले पुरानो प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त गर्दै नया जनवादी राज्य सत्ता स्थापनाकालगी जनयुद्धको बाटोमा अघि बढौ भन्ने मुलनारा तय गर्यो। परिणामस्वरूप नेपालको ८०% भुभागमा जनवादी सत्ता स्थापना गरी २०% भुभागमा परिवर्तनको बाधक सामान्ती सत्तालाइ खुम्च्यायो । जनतामा व्यापक जागरण ल्यायो । सामजिक परिवर्तनको मुल भुमिका निर्वाह गर्यो। राज्यलेपछाडी पारिएका बर्गसमुदाय लाई राज्यमा हामी सबैको हिस्सा र अधिकार समान छ भन्ने प्रेणा मात्र दिएन संबैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र भनेर नारा जपेर हिड्ने राजतन्त्रका पादरी राजनीतिक दललाइ संघिय लोकतान्त्रिक गणतन्त्रको मुलधारमा ल्यायो। परिणाम स्वरुप देशमा आज गणतन्त्र संघीयता धर्मनिरपेक्षेता समानुपातिक सहभागिता जस्ता मुल एजेन्डा स्थापित गर्यो। राजनीतिक आर्थिक सामजिक साँस्कृतिक शैक्षिक जातीय क्षेत्रीय लैङ्िगक भाषिक लगायत विभिन्न खालको अन्याय अत्याचार र सबै खाले शोषणको अन्त्य गर्ने गरि गरिएको पहल र मान्यतामा हाम्रै निति अनुसार आज देश चलेको छ ।
माओले गरेका दर्शन शास्त्र राजनैतिक अर्थ शास्त्र र बैज्ञानिक समाजवादका क्षेत्रमा गरेको बिकास र जनवादी मान्यतालाई थप बिकास गरी माओवाद बिचार षश्र्लेसण गर्दै माओवाद स्थापित प्रचण्डले गर्नु भयो । माओका अधुरा काम बिचार कृति र देनमामा व्यापक बहस गर्दै थप रक्षा प्रयोग र बिकास गरी माओवाद स्थापित गर्न सफल भए । बिकेन्द्रीकरणको शिकार र यो वा त्यो मानेमा समान्तबादको गुलाम बन्न पुगेको नेपाली कम्युनिस्ट आन्दोलनलाई शिर ठाडो पारी हिडाउने काम प्रचण्डकै नेतृत्वमा भयो । जस्ले एकातिर माओवाद प्रमाणीत गर्यो भने अर्को तिर प्रचण्ड पथ हुनुपर्छ भन्ने विचारमा बिकासको आधार तयार पार्यो।अहिले प्रचण्डकोबाटोमा देश हिडेको छ। बिचारको बिकासलाइ बुझ्न नसक्ने हरुले प्रचण्ड पथ स्विकार् गर्न मुस्किल मानेका छ्न । तर बिडम्बना प्रचण्डको मुल नेतृत्वमा नेकपा माओवादीले संचालन गरेको महान जनयुद्धको जगमा उभिएको आजको यो परिबर्तन र ब्यबस्था स्वीकार गर्ने सेवा सुबिधा हसुर्ने तर जनयुद्ध स्विकार्नु नगर्नुले के संकेत गर्छ भने क्रान्ति घाँटी सम्म पुग्दा प्रतिक्रान्ती मुखसम्म पुग्छ भन्ने माओवादी मान्यता थप स्थापित हुन पुगेको छ । तसर्थ अबको हाम्रो कार्यभार क्रान्ति सम्पन्न गर्ने मात्र होइन क्रान्तिका समग्र उपलब्धिलाई रक्षा प्रयोग र थप बिकास गरी प्रतीक्रान्ति रोक्दै भ्रस्टाचार विरुद्ध र सामाजिक न्याय सहितको सुसासनको नेतृत्व प्रचण्डकै पालामा सम्भव तुल्याउन आबसेक छ। अनि मात्र नेपाली कम्युनिस्ट आन्दोलन बिश्व कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी बन्दै संसार भरका पछाडि पारिएका बर्ग समुदाय र परिवर्तन र मुक्ति चाहने सबैकालागी प्रेणाको श्रोत बन्ने कुरा कसैले नकार्न सक्दैन ।























