प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी

जगत ठाडा मगर
२०७८ असार २९ | बिहान ११:०३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। बालुवाटार छाड्नु अघि प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ । त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गरि राजीनामा गर्ने तयारी गरेका हुन् ।
नेकपा एमालेको स्थायी समिति बैठक दिउँसो १ बजे बालुवाटारमा बोलाइएको छ ।






















