दिवंगत भारतीय प्रधानमन्त्री डा. सिंहको पार्थीव शरीरको आज अन्तिम सँस्कार गरिँदै

नवलपुर टुडे
२०८१ पुस १३ | बिहान १०:०९ बजे

नईदिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको पार्थीव शरीरको अन्तिम सँस्कार आज गरिने भएको छ।
भारतको गृहमन्त्रालयको घोषणा अनुसार भारतीय समय अनुसार आज बिहान ११.४५ बजे सिंहको पार्थीव शरीरको अन्तिम सँस्कार गरिने भएको हो।
९२ वर्षीय डा. सिंहको बिहीबार राति दिल्लीको अल इन्डि इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा निधन भएको हो।
उनले भारतको १३औं प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए।
“सरकारले डा. मनमोहन सिंहको राजकीय अन्त्येष्टि गर्ने निर्णय गरेको छ। अन्तिम संस्कार २८ डिसेम्बर, २०२४ बिहान ११.४५ बजे निगमबोध घाट, नयाँ दिल्लीमा हुनेछ,” भारतको केन्द्रीय गृहमन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।























