देश

पोखरीमा भैंसीलाई पानी खुवाउन जाँदा करेन्ट लागेर भैंसी र मानिसको समेत मृत्यु (भिडियो सहित)

जगत ठाडा मगर
२०७८ असार २९ | बिहान ०८:०३ बजे

बिनोद मण्डल
असार २९ / सिराहा । सिरहाको साबिक गाउँविकास समिति विष्णुपुरकटी ६ तथा हाल धनगढीमाई १२ को छठ्ठू बरही टोलको पछिम अर्थात् गोरेटो सडकको दक्षिणी भागमा रहेको स्थानिय पोखरीमा भैंसीलाई पानी खुवाउन गएका करिब ३८ वर्षिय भौका भनिने प्रमोद यादबको करेन्ट लागेर ज्यान गएको हो ।

 

पोखरीमा पानी खान गएका भैंसी पोखरीमा छट्पटाउन थालेपछि पानीमा पसेर धपाउन गएका यादबको पनि करेन्ट लागेर मृत्यु भएको स्थानिय परीक्षार्थी पत्रकार सरोज मण्डलले जनाएका छन् । घटनाको खवर स्थानिय मार्फत ईलाका प्रहरी कार्यालय ठटीयालाई जानकारी गराइएको थियो ।

photo 2021 07 13 08 19 51

पोखरीमा के कस्तो प्रयोजनको लागि करेन्ट राखिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको बुझिएको छ ।

photo 2021 07 13 08 19 49

कमेन्टहरु