दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

मोटरसाईकलकाे ठक्करबाट बाजुराका स्वास्थ्यकर्मी खत्रीको मृत्यु

उमेश रोकाया
२०८१ पुस १२ | बिहान ११:०९ बजे

बाजुरा, पुष १२ । मोटरसाईकलकाे ठक्करबाट बाजुराका धर्म खत्रीको धनगढीमा मृत्यु भएको छ। बडीमालिका नगरपालिका– ७ घर भई हाल मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत रहेका अन्दाजि ३० वर्षका खत्रीलाई धनगढीकाे चटकपुर नजिकै विपरित दिसाबाट आएकाे माेटरसाईलले ठक्कर दिएपछि  मृत्यु भएको हो ।

पाँच दिन अगाडि तालिमकाे सिलसिलामा धनगढीमा गएका खत्री ७ वर्ष अगाडी स्वास्थ्य समूहकाे तर्फबाट सरकारी सेवामा प्रवेश गरेका थिए। खत्री आफु कार्यरत रहेकाे वडामा गाउँकाे स्वास्थ्य सुधार गर्ने योजनामा निरन्तर लागिरहेका थिए। उनकाे शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ । उनकाे अपत्यारिलो मृत्युकाे खबरले बाजुराबासीले ठुलाे क्षति वेहाेर्नु परेकाे छ।

कमेन्टहरु