देश

पत्रकार तथा समाजसेबी बिनोद मण्डल आकस्मिक अस्पताल भर्ना

जगत ठाडा मगर
२०७८ असार २९ | बिहान ०७:०३ बजे

सिरहा । पत्रकार तथा समाजसेवी बिनोद मण्डललाई अचानक अस्पताल भर्ना गरिएको छ ।

लामो समय देखि सिरहाको विभिन्न संचार क्षेत्रमा पत्रकारिता गर्दै, आउनु भएका मण्डल लाई ३ दिन देखि रुघा, खोकी, छाती दुख्ने, रिंगटा लाग्ने जस्तो भएका थिए ।

सोमबार बेलुकी १० बजे घरमा सिकिस्त भई अचेत हुँदा स्थानिय भाईहरूको सहयोगमा अस्पताल लगिएको हो ।हाल मण्डलको सिरहाको धनगढीमाई-९, नैनपुरको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

पत्रकार मण्डल नवलपुर टुडेको सिरहा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ पत्रकार, समाजसेबी तथा स्थानिय कुशल शिक्षक पनि हुनुहुन्छ । नवलपुर टुडेले वहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

कमेन्टहरु