देश

मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङले असोज ३ कालो दिन मनाउने

नवलपुर टुडे
२०७७ भदौ २९ | मध्यान्ह ०८:०५ बजे
काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले २०७२ असोज ३ गते जारी संबिधान नेपाली जनताको संविधान नभएर बाहुन क्षेत्री(खस आर्य) को रक्षा र उनिहरुलाई मात्र फाइदा भएको हुदा, नेपालका बहुसंख्यक मुलबासी मंगोलको हितमा नभएको भन्दै मुलबासी मंगोललाई स्विकारे नहुने असोज ३ को संबिधानलाई कालो दिनको रुपमा बिरोध जनाई रहेको छ ।
 
त्यसैले यस बर्ष बिश्वभर कोभिड -19 भाइरसको महामारीले देश पुर्ण लकडाउन रहेको अबस्थामा आफ्ना कार्यकर्ताहरुलाई संविधान आफ्नो समुदायको हितमा नभएको भन्दै, असोज ३ को संबिधानलाई नाजीवादी दुष्ट जाली संबिधानको संज्ञा दिदै, सामाजिक दुरी कायम गरि देशैभर बिरोध गर्न निर्देशन दिएको छ ।
 
युग पुरुष -डा.गोपाल गुरुङको मंगोल सिद्धान्तमा हत्या हिंसा, बन्द हड्ताल र चक्का जाम जस्ता गतिविधि नरहेकोले संगठनले सधै मानवअधिकारको पक्षमा रहेर शान्तिपूर्ण तरिकाले बैचारिक लडाइँ गर्दै आइरहेको र उक्त दिनलाई शान्तिपूर्ण तरिकाले कालो संबिधानको बिरोध गर्न सघिय सभाका संयोजक वीरलाल वालाहाङ द्वारा हस्ताक्षर बिज्ञप्तीमा उल्लेख रहेको छ ।
 
photo6267208887140723257

कमेन्टहरु