देश

महाराजगन्जमा सर्वोच्च अदालतकाे फैसलालाई स्वागत गरे युवाहरु

जगत ठाडा मगर
२०७८ असार २९ | बिहान ०६:०३ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा सर्वोच्च अदालतको फैसला स्वागत योग्य रहेका भन्दै महाराजगन्ज नगरपालिकाकाे महाराजगन्जमा नेपाली कांग्रेस निकट युवाहरुले दीप प्रज्वलन गरी स्वागत गरेको छन ।

photo 2021 07 13 06 54 31

नेपाली कांग्रेस पार्टीका निकट अभिषेक मणि यादवकाे नेतृत्वमा महाराजगन्जमा दीप प्रज्वलन गरेर स्वागत गरेका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेको र प्रधानमन्त्रीको अग्रगमन र प्रतिगमन पक्षधरको एकता भएको बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीले संविधान विपरीत र राष्ट्रघातक कदमलाई सर्वोच्चाले सही निर्णय गरेको बताउँदै ऐतिहासिक निर्णयको स्वागत र समर्थनमा दीप प्रज्वलन गरेको गरिएको बताउनुभयो ।

कार्यक्रममा अभिषेक मणि यादव, घनश्याम यादव, राहुल वर्मा, राज गुप्ता र विष्णुप्रसाद तिवारी लगायत अरु युवाहरुकाे सहभागीता रहेको थियो ।

कमेन्टहरु