खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पालिका अस्तित्व रहने गरि खेलमा अगाडि बढ्नुपर्छ: अध्यक्ष मल्ल

उमेश रोकाया
२०८१ पुस ११ | बिहान १०:०९ बजे

बाजुरा, पुष ११ । हिमाली गाउँपालिका अस्तित्व रहने गरि खेलमा अगाडि बढ्नुपर्छ। अहिलेसम्मको रेकर्ड हेर्दा हिमाली गाउँपालिकाको खेलकुद क्षेत्रमा धेरै पछाडी देखिएको छ। गत वर्षको जिल्ला स्तरीय रनिङ सिल्डमा कुनैपनी सिल्ड प्राप्त गर्न सकेनौं। केही अव्यवस्थित भएको जस्तो हामिले महसुस गरेका थियौ। विद्यार्थी भाइबहिनीहरु बिधालय पढ्ने एउटा कुरा होला तर अनुशासन विनाको विद्यार्थी कहिले पनि अगाडि बढ्न सक्दैनन् भन्ने कुरा सबै विद्यार्थी भाइबहिनीले बुझ्न जरुरी देखिन्छ। यदि अनुशासन भन्दा बाहिर गएर जतिसुकै राम्रो शिक्षा हासिल गरेपनि ठिक ठाउँमा पुग्न सक्दैनन्। आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन भन्ने कुरा आफुले बुझेको बताए। त्यसो भएको हुनाले सबैभन्दा खेलका लागि विद्यार्थी अनुशासन हुन जरुरी छ। त्यसैगरी हामीले पालिका खेल खेलाउन गाउँपालिका बाहिरका खेल प्रशिक्षक बोलाएको छ। सहायक प्रशिक्षक ५ जना समितिले छनोट गरेको छ। पटकपटक बैठक बस्यौं विगत भन्दा फरक ढंगले खेल खेलाउनु पर्छ अनुशासन बन्नुपर्छ। अब जिल्ला जानुपर्दा हिमाली गाउँपालिका अस्तित्व रहने गरि खेलमा अगाडि बढ्नुपर्छ भन्ने हिसाबले हामी सबै लागेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आउनुभएको पालिका भित्रका जुनसुकै बिधालयका विद्यार्थीहरु होस हाम्रो लागि सबैलाई सम्मान छ्न। उसको कला क्षमता निष्पक्ष रूपमा प्रस्तुत गर्न पाउनुपर्छ। त्यसका लागि शिक्षक तथा प्रशिक्षक कुनै तलमाथि हुनु हुदैन। यति तलमाथि भयो भने निर्णय गरेका छौँ। जुन हिजो अस्ति निर्णय भएको छ। निर्णय अनुसार कार्वाही गर्न कन्जुस्याइँ हुने छैन। खेल प्रशिक्षकहरुले निष्पक्ष जुन किसिमले प्रस्तुत भएका छन। उनीहरुको कला क्षमता प्रस्तुत गर्ने गराउने कुरामा खेल प्रशिक्षक महत्त्वपूर्ण भुमिका रहनेछ। सबै प्रशिक्षकहरुले ईमानदार साथ खेल खेलाउनु कुरामा आशा गरेका छौँ। त्यस्तै गरि हाम्रो सबै बिधालय शिक्षक र खेल शिक्षकहरुले आज एक दिन राष्ट्रपति रनिङ अथवा पालिका अध्यक्ष कप प्रतियोगिता हुँदै गर्दा हाम्रो विद्यार्थी राम्रो गरेर कल्पना हुने कुरा होइन तपाईंले यो खेल वर्षभरि खेलाउन सक्नुपर्छ। विद्यार्थीहरुले पनि खेल्न सक्नुपर्छ त्यतातिर ध्यान दिनुपर्छ बल्ल त्यतातिर विद्यार्थी स्कुल राम्रोसँग अगाडि आउन सक्छ।

आजभोलि जिल्लामा राष्ट्रपति रनिङ सिल्ड हुदैछ प्रतियोगितामा सिल्ड ल्याउनुपर्छ भन्ने कुरा होइन त्यसो भएको हुनाले जुनसुकै बिधालय विद्यार्थी भएपनि खेल शिक्षक, शिक्षक, बिधालय व्यवस्थापन अध्यक्ष र प्रधानाध्यापकहरुले पनि जुनसुकै बिधालयको विद्यार्थी भएपनि त्यो योग्य खेलाडीलाई राम्रो किसिमको स्थान दिनुपर्छ। हाम्रै विद्यार्थी हुन् भन्ने सोच राखिदिनु होला। गत वर्ष रनिङ सिल्ड सिस्टम भन्दा बाहिर गएको थियो। यो वर्ष बाहिर हुने छैन। कसैबाट कमीकमजोरी हुने छैन। सबै हिमाली गाउँपालिका कर्मचारीहरु विद्यार्थी भाइबहिनी शिक्षक राजनीतिक दलका नेताकार्यकर्ताहरुले यो हिमाली गाउँपालिका बाट छनोट भएर जाने सवै विद्यार्थी हाम्रो हुन जसले राम्रो किसिमको खेल खेल्छ त्यसलाई स्थान सहित प्राथमिकता दिनुपर्छ। उसले राम्रोसँग खेल्न पाउनुपर्छ सोच राखेर सवैले निष्पक्ष ढंगले खेलप्रति माया गर्नु हुनेछ। यो कार्यक्रम सफल बनाउन सबैको महत्त्वपूर्ण भुमिका रहनेछ। त्यस्तै सुरक्षाकर्मीहरुले आफ्नो भुमिका इमानदारीका साथ निभाउनु हुनेछ। खेल क्षेत्रमा मात्र नभई बजार व्यवस्थापन देखि लिएर मदिरा सेवन गर्नेका लागि नियन्त्रण गर्ने कुरामा अहम् भुमिका रहनेछ।

रनिङ सिल्ड प्रतियोगितामा पालिका ८ वटा बिधालय सबै किसिमको राम्रो खेल्ने खेलाडीहरुलाई यो कार्यक्रम सकिने बित्तिकै गाउँपालिका भरीका छनोट भएका विद्यार्थी भाइबहिनीहरु लाई पुनः गाउँपालिकामै १०-१५ दिन कति हुन्छ राम्रो किसिमले खेल खेलाएर जिल्लामा सहभागी हुने खालको निर्णय गरेर सोच बनाएको छौँ। अब हिमाली गाउँपालिकाको सिल्ड कस्ले जित्ने प्रथम दृतिय हुने भन्दापनि जिल्लामा कसरी जित्ने प्रदेश स्तरीय खेलमा कसरी छनोट हुनसक्ने राष्ट्रिय स्तरीय खेल हुँदै अन्तर्राष्ट्रिय खेल कसरी जानसक्ने खेलाडी भाइबहिनीहरुले खेल खेल्नको लागि शुभकामना दिएका छन। खेल इमानदारीका साथ अनुशासित भएर सबै विद्यार्थी भाइबहिनीहरुले खेल खेल्नु हुनेछ हिमाली गाउँपालिका मात्रै होईन बाजुरा जिल्ला सुदुरपश्चिम प्रदेश हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी बन्ने किसिमको खेलाडी उत्पादन यहीँ वर्षबाट सुरुवात हुनेछ हिमाली गाउँपालिका खेलाडी भाइबहिनीहरु लाई शुभकामना दिएका छन।

कमेन्टहरु