सर्बोच्चको फैसलाले संविधान र लोकतन्त्र झन बलियो , युवा नेता गुप्ता

जगत ठाडा मगर
२०७८ असार २८ | मध्यान्ह ०७:०३ बजे

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले सर्बोच्चको फैसलाले संविधान र लोकतन्त्र बलियो बनेको प्रतिक्रीया दिएका छन ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर ठहर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको फैसला पछि पौडेलले यस्तो प्रतिक्रीया दिएका हुन ।
गुप्ताले सर्वसत्तावाद र अधिनायकवाद लोकतन्त्रको सामु घुँडा टेकेकाे भन्दै सबैलाई बधाई ज्ञापन गरेका छन । “सबै राजनैतिक विषय अदालत पुग्नु आफैंमा स्वाभाविक होईन।तर ओली अहंकारले संसद विघटनकाे मुद्धा अदालत पुगेको थियो ।
अंततः अदालतले न्यायिक निरुपण गरेको छ। ,उनले भनेका छन,संविधान र लोकतन्त्र झन् बलियो भएको छ।सर्वसत्तावाद र अधिनायकवाद लोकतन्त्रको सामु घुँडा टेकेकाे छ । सबैमा हार्दिक बधाई ।”






















