सर्वोच्चको सबै फैसला नमान्ने भन्दै ओली समर्थक सडकमा उत्रिए

जगत ठाडा मगर
२०७८ असार २८ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं । नेकपा एमालेका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले सर्वोच्चको सबै फैसला नमान्ने भन्दै नारावाजी गरेका छन् ।

युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका नेता, कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएपछि प्रहरीसँग तनाव भएको छ ।
त्यसबीच एक कार्यकर्ताले राणाको पुत्ला जलाउने प्रयास समेत गरे । यद्यपि प्रहरीले विथोलेका छन् ।
संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ ।
तर ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका छन् । विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेका छन् ।























