देश

सर्वोच्चको आदेशको सम्मान गर्दै पार्टी एक ढिक्का भई अगाडि बढ्न योगेश भट्टराईको आह्वान

जगत ठाडा मगर
२०७८ असार २८ | मध्यान्ह ०३:०३ बजे

काठमाण्डाै । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशको सम्मान र स्वागत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आदेशको सम्मान गर्दै भट्टराईले पार्टी एकता जोगाउनका लागि संयम र धैर्यताका साथ अघि बढ्न आह्वान पनि गरेको छ ।
भट्टराईले फेसबुक स्टाटसमार्फत ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु´ भनी आफ्नो भनाइ व्यक्त गरेका छन् ।

उनले बदलिएको परिस्थितिमा प्रतिनिधि सभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान गरेको छ ।

यस्तै नेता भट्टराईले हिजो आइतवार राति भएको १० बुँदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एकढिक्का रहने छ भन्ने विश्वास व्यक्त गरेकाे छ ।

कमेन्टहरु