देश

सर्वोच्च अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शंकर पोखरेल

जगत ठाडा मगर
२०७८ असार २८ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं । सर्वोच्च अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्‍याएको भनी नेकपा एमालेका नेता शंकर पोखरेलले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नु पर्ने भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सोमबार बदर गरेको छ र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

कमेन्टहरु