समाज

हेल्पिङ्ग हैन्ड युथ सोसाइटीले जारी राख्यो मोटिभेसनल सेमिनार-२०८१

नवलपुर टुडे
२०८१ पुस ८ | बिहान ०६:०९ बजे

दिपेन्द्र चौधरी सहनी

पर्सा । बाराको प्रसिद्ध गैरसरकारी संस्था हेल्पिङ हैंड युथ सोसाइटीको आयोजनामा र सखुवा प्रसौनी गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाको सहयोगमा SEE (एसईई) अभिमुखिकरण तथा व्यक्तित्व विकास सेमिनार-२०८१ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार गुप्ता (उर्फ राज गुप्ता) को अध्यक्षतामा सम्पन्न भएको हो। सखुवा प्रसौनी गाउँपालिकाका वार्ड नम्बर १ का अध्यक्ष प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा चर्चित मोटिभेशनल वक्ता प्रदिप कुमार साह, चन्द्रिका प्रसाद पटेल, डा. बासु लाल कर्ण र सन्दीप कुमारले विद्यार्थीहरूलाई अभिमुखिकरण तथा व्यक्तित्व विकासका लागि महत्वपूर्ण प्रशिक्षण दिएका थिए।

photo 2024 12 23 06 48 20

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका अन्तर्गत रहेका सबै माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले प्रशिक्षणबाट आफूहरूको व्यक्तित्व विकासका लागि नयाँ दृष्टिकोण प्राप्त भएको अनुभव व्यक्त गरेका छन्।

हेल्पिङ हैंड युथ सोसाइटीका अनुसार, यो अभिमुखिकरण कार्यक्रम यस क्षेत्रका विद्यार्थीहरूलाई आगामी परीक्षाहरूमा तयारी गर्न र व्यक्तित्व विकासका उपायहरू सिकाउनको लागि आयोजना गरिएको हो। यो संस्थाले यसअघि पर्सा जिल्लाका बिन्दवासिनी गाउँपालिका, पकहा मैनपुर, र पोखरिया गाउँपालिकामा यस्तै प्रकारका कार्यक्रम आयोजना गरिसकेको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरूको सहभागिता थियो। संस्थाका अध्यक्ष गुप्ताले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्न र आगामी चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रम अत्यन्त उत्साहजनक रूपमा सम्पन्न भएको र यसलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्टहरु