केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद, सर्वोच्चद्वारा संसद् पुनःस्थापना

जगत ठाडा मगर
२०७८ असार २८ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापना भएको छ ।केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद सर्वोच्च अदालतले फेरि ब्युँताइदिएको हो ।
अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।
रिट निवेदकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परमादेश माग गरेका थिए। संवैधानिक इजलासलबाट प्रधानन्यायाधीश राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको सुनाएका थिए ।
अहिले न्यायाधीश खतिवडाले सर्वोच्चको फैसला पढेर सुनाइरहेका छन् ।






















