शिक्षा

आ.आर क्याम्पसमा नेपालभाषा बि.ए.एम. तहमा भर्ना खुल्ने क्रम जारी

रिदेन महर्जन
२०८१ पुस ७ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं । काठमाडौंको प्रदर्शनीमागमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक, स्नातकोत्तर तहमा अहिले खुलिरहेको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८१÷०८२ ले एक सुचना जारी गरी भर्नाबारे जानकारी गराइएको छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ताहरुको अथक प्रयास पश्चातजस अनुरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७४ सालमा नेपालभाषा बि. ए तहमा पुर्नस्थापना तथा काठमाडौं महानगरपालिकासँग नेपालभाषा स्नातकोत्तर तह सञ्चालन गर्नको लागि पाँच वर्षको सम्झौता पश्चात इतिहासमै पहिलो पटक वि।सं। २०७८ सालदेखि विधिवत् रुपमा स्नातकोत्तर ९एम।ए० तहमा नेपालभाषा अध्यापन हुँदै आईरहेको छ।

बागमती प्रदेश सांसद एवम् पूर्व पर्यटन, संस्कृति, उद्योग तथा सहकारी पुर्वमन्त्री पुकार महर्जनले २०८० सालदेखि बाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामकाजीको रूपमा लागू गराएपछि अहिले नेपालभाषामा नयाँ रोजगारीको बृद्धि भइरहेको छ । नेपालभाषाको शिक्षा नीति संविधान र कानुनमा समेत उल्लेख भएको अधिकारलिनका लागि समयमै भर्ना भई सिट सुरक्षित राख्न नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन अनुरोध गरेका छन् ।

नेवाः समुदायको संस्कार संस्कृति, साहित्य, लिपिले विश्वमा नेपालकै प्रतिनिधित्व गरिरहेकोले विश्वमा नेपालभाषाको बेग्लै महत्व रहेको छ।रञ्जनालिपि चाइनाको ग्रेटवालदेखि जर्मनीका शहरहरुसम्म फैलिएको छ।

वर्तमान अवस्थामा नेपालभाषीहरु विश्वको कुना—कुनाबाट अ‍ाफ्नो भाषा, लिपि, कला संस्कृति जगेर्ना गर्न लम्किरहेको अवस्थामा नेपाल सरकारले नेपालभाषा लगाएत विविध भाषाहरुलाई संरक्षण गर्नुको सट्टा एक भाषा नीतिलाई प्राथमिकता दिदा अरु भाषा मारमा परिरहेको छ।

सो समस्यालाई चिर्न नेपालभाषा अभियान्ताहरुले २०७४ साल देखि काठमाडौंको मुटुमा अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा नेपालभाषा अध्यापन अभियान सञ्चालन गर्दै अ‍ाईरहेको छ। साथै विद्यार्थीहरुको मागलाई सम्बोधन गर्न २०७८ सालदेखि काठमाडौं महानगरको अ‍ार्थिक सहयोगार्थ स्नातकोत्तर तहको अध्यापन पनि भैरहेको छ ।

अभियान्ताहरुको सकृयतामा विगत ३० बर्षदेखि स्थगित रहेको सुकुन्दा साहित्य पालाः पुन स्थापना गरि ७अ‍ौं प्रकाशन गर्ने लगाएत विविध साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ। यी र यस्ता रचनात्मक क्रियाकलापले गर्दा नेपालभाषा अध्यापन गर्ने विद्यार्थीहरु दिनानुदिन बधिरहेको छ।

entrance.tufohss.edu.np

Entrance Examination Registration- Home Page

कमेन्टहरु