शिक्षा

लहानको हिमालय विद्या निकेतनद्वारा सांस्कृतिक महोत्सव सम्पन्न, परम्परा संरक्षणमा विद्यार्थीको सक्रियता

नवलपुर टुडे
२०८१ पुस ६ | बिहान ०७:०९ बजे

प्रदिप सिंह
लहान । सिरहाको लहानस्थित हिमालय विद्या निकेतनले वार्षिक सांस्कृतिक महोत्सवको आयोजना सम्पन्न गरेको छ। विद्यार्थीहरूमा धर्म, संस्कृति, र परम्पराको संरक्षणप्रति चेतना जगाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले परम्परागत पहिरन र परिकारहरू प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादव थिए भने विशिष्ट अतिथिहरूमा पूर्व मेयर प्रकाश केसी र लायन्स क्लब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ता लगायत अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूले आफ्ना परम्परागत परिकारहरू तयार गरी शिक्षकहरूलाई प्रसाद स्वरूप अर्पण गरे। यसले बालबालिकामा आफ्नो परम्पराप्रति गर्व र सम्मानको भावना जागृत गरेको आयोजकले जनाएको छ।

वि.सं. २०७२ मा स्थापना भएको विद्यालयले ८०० भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयका अध्यक्ष निरज कुमार चौधरी र प्रिन्सिपल अमृतलाल चौधरीको नेतृत्वमा यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

विद्यालयका संस्थापक शेयर सदस्यहरूमा पशुपति कुमार भट्ट, अशोक चौधरी, फैज अहमद, सुभ नारायण यादव, राम बाबु साह, र संजीप गुप्ता रहेका छन्।

कार्यक्रमको समापनमा अतिथिहरूले सांस्कृतिक संरक्षण र सामाजिक एकताको महत्त्वबारे मार्गदर्शन गर्दै विद्यालयका प्रयासको प्रशंसा गरेका थिए।

कमेन्टहरु